के फास्ट चार्जिङले फोनको ब्याट्री बिगार्छ ? यस्तो छ वैज्ञानिक तथ्य
techpana.com · Sun Aug 09 03:14:54 GMT 2026

काठमाडौं । स्मार्टफोन खरिद गर्दा स्टोरेजपछि हाम्रो सबैभन्दा ठुलो चासो ब्याट्री ब्याकअपमै हुन्छ । अहिले ब्याट्री लाइफको समस्यालाई सम्बोधन गर्न फास्ट चार्जिङ प्रविधि एउटा प्रमुख ट्रेन्ड बनिसकेको छ । यसलाई सामसङ, ह्वावे, गुगल, वनप्लस र एप्पल जस्ता ब्रान्डले आफ्ना हाई-इन्ड फोनमा अपनाइरहेका छन् ।
ब्याट्री एक दिन पनि टिक्न मुस्किल पर्ने अवस्थामा फास्ट चार्जिङ निकै उपयोगी साबित भएको भए पनि यसले धेरैको मनमा केही प्रश्न पनि जन्माएको छ । विशेष गरी उच्च क्षमताको चार्जरले फोनको ब्याट्रीलाई दीर्घकालीन रूपमा कस्तो असर पुर्याउँछ र यसले ब्याट्रीको शक्ति सञ्चित गर्ने क्षमतालाई कमजोर बनाउँछ कि बनाउँदैन भन्ने चासो देखिन्छ । यसै सन्दर्भमा प्रविधिसम्बन्धी वेबसाइट ‘सीनेट’ ले ब्याट्री अनुसन्धानकर्ता तथा इन्जिनियरसँग कुराकानी गरी ब्याट्री हेल्थ र फास्ट चार्जिङको प्रभावबारे केही तथ्य बाहिर ल्याएको छ ।
Read full story at source (techpana.com)