‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ अल्पविरामलाई
baahrakhari.com · Sun Aug 09 03:47:35 GMT 2026

काठमाडौं । लघुकथा समाज नेपालले हरेक वर्ष भदौ ५ गते प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’को घोषणा गरेको छ । यस वर्ष यो सम्मान लघुकथाकार अल्पविरामलाई प्रदान गर्ने समाजले निर्णय गरेको हो ।
लघुकथाका क्षेत्रमा क्रियाशील अल्पविरामको खास नाम विष्णुकुमार श्रेष्ठ हो । साहित्यिक क्षेत्रमा अल्पविरामको नामबाट परिचित उनको लघुकथाकृति ‘अनुभूतिका रङहरू’ प्रकाशित छ । उनले अरू विधाका कृति पनि बजारमा ल्याएका छन् ।
Read full story at source (baahrakhari.com)