फुटबलर लियोनल मेस्सीका बुवाको निधन
kendrabindu.com · Sun Aug 09 03:57:03 GMT 2026

काठमाडौं ।अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीका पिता होर्हे मेस्सीको निधन भएको छ। अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार मेस्सीका बुवा ६८ वर्षीय जर्ज मेस्सीको निधन शुक्रबार रोसारियोको एक अस्पतालमा भएको हो।
जर्ज मेस्सीका मृत्यु भएको खबर अर्जेन्टिनी स्ट्राइकर मेस्सीको बाल्यकालको क्लब न्युवेल्स ओल्ड ब्वाइजले शनिबार पुष्टि गरेको हो। न्युवेल्स ओल्ड ब्वाइजले सामाजिक सञ्जालमा लेखेको छ, ‘उहाँको निरन्तर साथ र पर्दा पछाडिको नेतृत्व लियोनलका हरेक कदममा सहयोगी बनेको थियो।’
Read full story at source (kendrabindu.com)