पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए सरकारलाई ६ सुझाव
himalpress.com · Sun Aug 09 04:12:38 GMT 2026

काठमाडौँ- पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको भन्दै खुसी व्यक्त गरेका छन्। १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति उनले आभार जनाएका हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएको जनाएका छन्। नसर्ने रोग ३० प्रतिशतले घटाउन राष्ट्रिय आयुर्वेद रणनीति (१० वर्षे) तथा २० औषधिमा खुम्चिएको ३७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र न्ःए सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त ५ वर्षे रणनीतिक योजना लागु गरिएको उनले स्मरण गरेका छन्।
Read full story at source (himalpress.com)