म्यानचेस्टर युनाइटेडसँग पीएसजीको बराबरी, एम्बुमोले फर्काए गोल
nagariknews.nagariknetwork.com · Sun Aug 09 04:30:06 GMT 2026
म्यानचेस्टर युनाइटेडले प्रिसिजन मैत्रीपूर्ण खेलमा युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–१ गोलको बराबरीमा रोकेको छ।
स्विडेनको गोथेनबर्गमा भएको खेलमा युनाइटेडले सुरुवातमै गोल खाएको थियो। खेल सुरु भएको दोस्रो मिनेटमै इब्राहिम म्बायेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। त्यसपछि युनाइटेडले खेलमा सुधार गर्दै आक्रमण बढायो। ब्रायन एम्बुमोले लगातार पीएसजीको रक्षापंक्तिमाथि दबाब बनाए। प्याट्रिक डोर्गुले पनि हेडरमार्फत गोल गर्ने राम्रो अवसर पाए। तर उनको प्रहारलाई साफोनोभले रोके।
Read full story at source (nagariknews.nagariknetwork.com)