ग्यासको कालोबजारी रोक्न काठमाडौं उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
corporatenepal.com · Sun Aug 09 04:48:58 GMT 2026

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा आलोचना बढेपछि गृहमन्त्री सुदन गुरुङसँगको समन्वयमा उद्योग मन्त्रालयले सादा पोषाकका प्रहरी परिचालन गरिएको जानकारी दिएको हो ।
Read full story at source (corporatenepal.com)