कप्तानगञ्ज घटनामा संलग्न भएको अरोपमा चार जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Aug 09 04:55:37 GMT 2026

सुनसरीको देवानगञ्ज वडा नं. ३ को कप्तानगञ्जमा भएको घटनामा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्।
देवानगञ्जमा साउन १० गते भएको दुई पक्षीय झडपबाट सुरु भएको हिंसात्मक घटनामा घाइते भएका तीन जनाको मृत्यु भइसकेको छ। सो घटनामा संलग्न भएको आरोपमा शनिबारदेखि केही व्यक्ति पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले बताए। उनले नाम भने सार्वजनिक गरेनन्।
Read full story at source (nagariknews.nagariknetwork.com)