ओमान बजारमा ‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न सम्झौता
aarthiknews.com

काठमाडौं । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानको बजारमा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ नेपाल (फिन) र गैरआवासीय नेपाली सोसल क्लब ओमानबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
मस्कटमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा ओमानका लागि नेपाली कार्यवाहक राजदूत विशेष कुमार साहको पनि उपस्थिति थियो।
Read full story at source (aarthiknews.com)