कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ
annapurnapost.com · Sun Aug 09 04:56:12 GMT 2026

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि घटनाको प्रकृति, संलग्नता र भूमिकाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘कप्तानगञ्ज घटनालाई लिएर ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ डीएसपी खड्काले भने, ‘पक्राउ परेकाहरूको घटनामा कस्तो भूमिका थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
Read full story at source (annapurnapost.com)