पूर्वमेयर सिंहको खोजीमा गौतमबुद्ध विमानस्थलको कुकुरसमेत परिचालन, ड्रोनबाट पनि निगरानी
onlinekhabar.com · Sun Aug 09 05:01:16 GMT 2026

२४ साउन, काठमाडौं । शुक्रबारदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको खोजीमा प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन गरेको छ । साथै ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ ।
गोरुसिंगे क्षेत्रको जंगलमा खोजीमा सक्रिय कपिलवस्तु प्रहरी प्रमुख (एसपी) मनोहर भट्टले सो जानकारी दिएका हुन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको केनाइन शाखाबाट हाम्रो ट्र्याकिङ डग सहितको प्राविधिक टोली ल्याइएर सर्च गर्ने काम पनि भएको छ,’ एसपी भट्टले भने, ‘केही स्थानमा ड्रोनबाट समेत निगरानी गर्यौं ।’
Read full story at source (onlinekhabar.com)