आदिवासी जनजातिलाई प्रचण्डको सन्देश: अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउन आवश्यक छ
reportersnepal.com · Sun Aug 09 05:08:29 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । आज विश्वका आदिवासी जनजाति दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
‘पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो,’ उनले भनेका छन् ।
Read full story at source (reportersnepal.com)