शिवपुर सबस्टेशनको जम्पर चुडिँदा पश्चिम र मध्य क्षेत्रमा विद्युत् अवरोध
kalakarmi.com · Sun Aug 09 05:09:22 GMT 2026

काठमाडौं- शिवपुर सबस्टेशनमा जम्पर कन्डक्टर चुडिँदा एकीकृत नेपाल विद्युत् प्रणाली (आईएनपीएस) मा आंशिक अवरोध उत्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिवार राति करिब १० बजे मोतिपुर–शिवपुर १३२ केभी प्रसारण लाइनको सर्किट–२ अन्तर्गत पीटी र आइसोलेटर बीचको जम्पर कन्डक्टर चुडिएर ‘ओपन कन्डक्टर फल्ट’ भएपछि विद्युत् प्रणाली प्रभावित भएको हो ।
प्राधिकरणका अनुसार सर्किट-२ बन्द भएपछि सर्किट–१ मा अत्यधिक भार (ओभरलोड) परेको थियो । यसका कारण पश्चिमी क्षेत्रमा करिब १८० मेगावाट विद्युत् भार (लोड) गुम्न गएको थियो । त्यसपछि ओभरलोड तथा ओभरकरेन्टका कारण पथलैया–चपुर र पथलैया–ढल्केबर १३२ केभी प्रसारण सर्किटहरू ट्रिप भएका थिए ।
Read full story at source (kalakarmi.com)