१८ महिनापछि सञ्चालनमा आयो मोटरेवल पुल
annapurnapost.com · Sun Aug 09 05:20:51 GMT 2026

मुगु : हरेक वर्ष गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत छायाँनाथ रारा नगरपालिका–१ अल्का साँघु भन्ने स्थानमा सास्ती खेप्दै आएका थिए। उक्त स्थानमा मोटरेवल पुल निर्माण सम्पन्न भएको १८ पुग्यो मुआब्जा बिवादका कारण प्रयोगमा नआएको यो पुल बुधबारबाट सञ्चालनमा आएपछि सर्वसाधरणलाई यातायातमा सहज भएको छ।
निर्माण सम्पन्न भएको १८ महिनापछि मुआब्जा विवादमा जग्गाधनी र छायाँनाथ रारा नगरपालिकाको सहमति भएपछि लामो समयदेखि प्रयोगमा आउन नसकेको यो पुल बुधबारदेखि सञ्चालनमा आउदा स्थानीयवासीले राहत महसुस गरेका हुन्। पुल सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिका र जग्गाधनीबीच सहमति भएपछि पुलमा सवारी आवतजावत सुरु गरिएको हो। यसअघि पुलको पहुँचमार्ग पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनी धनबहादुर मल्लले आपत्ति जनाएपछि पुल सञ्चालन रोकिएको थियो।
Read full story at source (annapurnapost.com)