प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
barnanmedia.com · Sun Aug 09 05:15:41 GMT 2026

धानमन्त्री वालेन्द्र शाहले भारत र चीनका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तव र अपराह्न ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग सिंहदरबारमा भेटवार्ता तय भएको छ।
यसअघि विदेशी कूटनीतिज्ञहरूसँग सामूहिक भेटमात्र गर्ने गरेका प्रधानमन्त्री शाहले अब द्विपक्षीय र एक्लाएक्लै भेटघाटको अभ्यास थालेका छन्, जसले नेपालको कूटनीतिक वृत्तमा विशेष महत्व राखेको छ।
Read full story at source (barnanmedia.com)