चियाको मूल्य किलोकै ६०००
himalpress.com · Sun Aug 09 05:45:09 GMT 2026

नुवाकोट- नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो छ हजार निर्धारण गरिएको छ। पञ्चकन्या–४ घ्याङस्वारास्थित बाँझो जग्गालाई कृषियोग्य बनाई लगाएको चियाको गुणस्तर परीक्षणमा ‘उत्कृष्ट’ प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए। उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत बनाइएको ‘घ्याङस्वारा अर्ग्यानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निधारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार चियाको मूल्य निर्धारण गरिएको हो।
‘घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियाका बिवामध्ये करिब १३ हजार बोटबाट उत्पादन सु भएको छ’, अध्यक्ष तामाङले भने, ‘अर्थोडक्स र अर्गानिक चियाको गुणस्तरसहित नेपाली बजार मूल्य, लागत, उपभोक्ताको मागलगायतलाई मध्यनजर गर्दै गरिएको मूल्य निर्धारणले गाउँपालिकालाई व्यावसायिक कारोबारतर्फ अघि बढाउन बाटो खुला भएको छ ।’
Read full story at source (himalpress.com)