लिग्स कपको समूह चरणमा इन्टर मियामी पराजित
neplays.com · Sun Aug 09 05:45:00 GMT 2026
काठमाडौं। मोन्टेरेले लिग्स कपको समूह चरणमा इन्टर मियामीलाई २–१ ले पराजित गरेको छ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामी नियमित कप्तान लिओनल मेस्सीबिना मैदानमा उत्रिएको थियो। मेस्सीका पिता जर्ज होर्खे मेस्सीको निधन भएपछि उनी सोही दिन अर्जेन्टिना फर्किएका थिए। ३९ वर्षीय मेसी क्लबमा कहिले फर्किनेछन् भन्ने विषयमा भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन।
Read full story at source (neplays.com)