सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो
barnanmedia.com · Sun Aug 09 05:42:55 GMT 2026

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ निर्धारण भएको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ६ सय ६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
Read full story at source (barnanmedia.com)