अगस्टको पहिलो सातामै भारतीय बजारमा १२ हजार करोडभन्दा बढी विदेशी लगानी भित्रियो
aarthiknews.com

काठमाडौं । विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) हरुले अगस्टको पहिलो सातामा भारतीय सेयर बजारमा आक्रामक रुपमा लगानी बढाएका छन् । अगस्ट ३ देखि ७ सम्मको ५ कारोबार दिनमा एफपीआईहरुले इक्विटी, ऋणपत्र, हाइब्रिड तथा म्युचुअल फन्डमार्फत कुल १२ हजार २९०.६८ करोड भारतीय रुपैयाँ खुद लगानी गरेको द हिन्दु विजनेसलाइन जनाएको छ ।
नेसनल सेक्युरिटिज डिपोजिटरी लिमिटेड (एनएसडीएल) को तथ्यांकअनुसार उक्त अवधिमा सबैभन्दा बढी आकर्षण इक्विटी बजारमा देखिएको छ । ५ दिनमा मात्रै इक्विटीतर्फ १२ हजार करोड रुपैयाँ भन्दै धेरै लगानी भित्रिएको छ। यसले जुलाईमा देखिएको विदेशी लगानीको सकारात्मक प्रवाह अगस्टमा पनि जारी रहेको संकेत गरेको छ।
Read full story at source (aarthiknews.com)