देशभर ९६ प्रतिशत सकियो धान रोपाइँ
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर हालसम्म ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्कअनुसार साउन २२ गतेसम्म देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। यो कुल लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो।
गत वर्षको सोही अवधिमा भने देशभर ९१ दशमलव ३१ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो। त्यसबेला १३ लाख ७८ हजार नौ सय ६७ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब १२ लाख ५७ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो।
Read full story at source (hamrakura.com)