थाइल्यान्डको विद्यालय गोलीकाण्ड: मृतकको सङ्ख्या नौ पुग्यो
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार भएको भीषण गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। घटनामा गम्भीर घाइते भई उपचाररत १२ वर्षीया एक बालिकाको शनिबार मृत्यु भएपछि मृतकको सङ्ख्या बढेको हो। नोनथाबुरी प्रान्तको जनसम्पर्क विभागले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार हालसम्म १४ जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।
विद्यालय परिसरमा भएको यस आक्रमणमा १४ वर्षीय एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा विद्यार्थी तथा कर्मचारीहरू घाइते भएका थिए। आक्रमणकारी किशोरले विद्यालय जानुअघि आफ्ना हजुरबुबा–हजुरआमालाई समेत गोली प्रहार गरेको र पछि आफैँलाई पनि गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। यसअघि शुक्रबारको घटनामा आक्रमणकारीसहित आठ जनाको मृत्यु भएकोमा शनिबार थप एक बालिकाको निधन भएपछि कुल मृतकको सङ्ख्या नौ पुगेको हो।
Read full story at source (hamrakura.com)