वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा
arthadabali.com · Sun Aug 09 06:49:39 GMT 2026

काठमाडौँ / दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।
बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पु¥याउन यस्ता बिक्री केन्द्र विस्तार गरिँदै आएको बताए ।
Read full story at source (arthadabali.com)