कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए
ratopati.com · Sun Aug 09 07:03:23 GMT 2026

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन् । शुक्रबारदेखि सम्पर्कविहीन भएका ६५ वर्षीय सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा शव भेटिएको जानकारी दिए । उनका अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो ।
Read full story at source (ratopati.com)