तीन दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्वमेयर सिंह मृत भेटिए
kendrabindu.com · Sun Aug 09 07:00:24 GMT 2026

कपिलवस्तु। कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।
६५ वर्षीय सिंह शुक्रबारदेखि उक्त जंगलमा सम्पर्कविहीन थिए। खोजीका क्रममा आइतबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
Read full story at source (kendrabindu.com)