एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि शुरू हुने
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको छ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार यसपटक एनपीएल नेपालीहरूको प्रमुख चाड दसैँ र तिहारको बीचमा आयोजना हुने भएको छ। यसअघि तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक भने चाडपर्वको मौसममै आयोजना हुन लागेको हो।
Read full story at source (hamrakura.com)