बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग
ratopati.com · Mon Aug 31 16:29:00 GMT 2026

पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ ।
उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए ।
Read full story at source (ratopati.com)