समवेदना जनाउन पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावासमा
ratopati.com · Mon Aug 31 16:26:54 GMT 2026

काठमाडौँ । पाकिस्तानका राष्ट्रपति अशिफ अलि जर्दारीको निर्देशनमा त्यहाँका पूर्वसिनेट अध्यक्ष सैयद नय्यर बुखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको छ ।
उनीहरूले दूतावासको भ्रमण गरी चीन–नेपाल सीमामा गएको भिषण बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानका राष्ट्रपति तथा पाकिस्तानी जनताको तर्फबाट समवेदना व्यक्त गर्नुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
Read full story at source (ratopati.com)