क्यानडाको डढेलो नियन्त्रणबाहिर, हजारौँ मानिस विस्थापित
ukeraa.com

एजेन्सी : क्यानडाको पश्चिमी क्षेत्रको दुर्गम क्षेत्रमा तीव्र गतिमा फैलिएको डढेलोको आकार दोब्बर भएपछि हजारौँ मानिसहरू आफ्नो घर छाडी सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।
शुक्रबार पहिलोपटक देखिएको ‘बाल्ड रेन्ज फायर’ शनिबारसम्म फैलिँदै ९५ वर्ग किलोमिटर क्षेत्रमा पुगेको ब्रिटिस कोलम्बियाको बीसी वाइल्डफायर सर्भिसले जनाएको छ। आगलागी ब्रिटिस कोलम्बियाका समरल्यान्ड र ओकानागन–सिमिल्कामिन जिल्लामा फैलिएको छ।
Read full story at source (ukeraa.com)