दुग्ध विकास संस्थानको आठौँ बिक्री केन्द्र वनस्थलीमा सञ्चालन
bishowkhabar.com · Sun Aug 09 07:56:24 GMT 2026

काठमाडौं– दुग्ध विकास संस्थानले काठमाडौंको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालन गरिएको हो ।
उद्घाटन कार्यक्रममा संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्याउन बिक्री केन्द्र विस्तार गरिँदै आएको बताए। उनका अनुसार यसले किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित गर्न र स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन सहयोग पुग्नेछ ।
Read full story at source (bishowkhabar.com)