चितवनमा पहिचान नखुलेका २८० शवको व्यवस्थापन, १२ को सनाखत
nagariknews.nagariknetwork.com · Mon Aug 31 16:29:03 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका पहिचान नखुलेका २८० शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा ती शवलाई डिएनए नमुना सुरक्षित राखेर सोमबार रातिसम्म जमिनमुनि व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म ३२१ शव फेला परेका छन् । तीमध्ये २८० शवको व्यवस्थापन गरिएको छ भने १२ शवको सनाखत भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)