ढल्केबर-बालगंगा १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न, आजदेखि परीक्षण गरिने
clickmandu.com · Tue Jun 30 03:06:22 GMT 2026

धनुषा । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा धनुषा जिल्लामा निर्माण गरिएको ‘ढल्केबर-बालगंगा १३२ केभी प्रसारण लाइन आयोजना’ को निर्माण कार्य सम्पन्न भएको छ।
आयोजनाले ढल्केबर सबस्टेशनदेखि हंसपुर नगरपालिका वडा नं. ९ मा रहेको बालगंगा सबस्टेशनसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न लागेको हो। आजदेखि उक्त प्रसारण लाइनमा १३२ किलोभोल्ट क्षमताको उच्च भोल्टेजको विद्युत प्रवाह गरी परीक्षण सुरु गरिने र त्यसपछि लाइनलाई नियमित सञ्चालनमा ल्याइने आयोजनाले जानकारी दिएको छ।
Read full story at source (clickmandu.com)