‘गौँथली’ को टिम गाउँपालिका महासंघद्वारा सम्मानित
kendrabindu.com · Sun Aug 09 08:21:54 GMT 2026

काठमाडौं। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले फिल्म ‘गौँथली’ टिमलाई सम्मान गरेको छ ।
स्थानीय तहले बालबालिकाको क्षेत्रमा सञ्चालन गरिरहेको अभियान ‘बालविवाहमुक्त पालिका’ र फरक क्षमता भएकाहरूको विषयमा गरिरहेको जनचेतनामूलक कार्यलाई टेवा पुग्ने गरी फिल्म ‘गौँथली’ निर्माण भएको जानकारी गराउँदै यसका निर्देशक डा. कपिल रिजाल, अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई महासंघले चितवनमा सम्मान गरेको हो ।
Read full story at source (kendrabindu.com)