रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेप्सेमा सुचीकृत
ajakoartha.com · Sun Aug 09 08:37:00 GMT 2026

काठमाडौं— रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “रिलायबल सामुहिक लगानीकोष” अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०८३ साल साउन २२ गते सुचीकृत भएका छन् ।
नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको उक्त योजनाको इकाइहरूको अन्तिम बाँडफाँट २०८३ साल असार ४ गते सम्पन्न भएको थियो । कुल १२ करोड ५० लाख इकाइ रहेको यस बन्दमुखी सामुहिक लगानी कोषको प्रति इकाइ अंकित मुल्य रु. १० तथा कुल कोष आकार रु. १ अर्ब २५ करोड रहेको छ । योजनाको अवधि १० वर्ष रहनेछ ।
Read full story at source (ajakoartha.com)