नागरिकमा ठुलो निराशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन : गगन थापा
ratopati.com · Sun Aug 09 08:42:58 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक सुरुवात गर्दै थापाले काम गर्ने तरिका ठिक नभएको टिप्पणी गर्दा नसुन्दा जेनजी आन्दोलन भएको बताएका हुन् ।
थापाले भने– ‘काम ठिक ढङ्गले सुरु भइरहेको छैन। न कामको गति मिलेको छ, न त काम गर्ने मति नै मिलेको छ। नागरिकहरूले हामीबाट अति धेरै अपेक्षा राखेका थिए, तर ती अपेक्षाहरू पूरा हुन सकेका छैनन्,’ आफूले भदौ ८ गते प्रतिनिधिसभाको बैठकमा आफूले राखेको विचारलाई नै केन्द्रीय समितिको बैठकमा पुनः दोहोर्याउँदै भने, ‘त्यो विषय तत्कालीन पार्टी र सरकारको नेतृत्वले सुनेन त्यसले अहिलेको अवस्था आयो । जेनजी आन्दोलन भएर राज्यले क्षति व्यहोर्नुपर्यो ।’ उनले पार्टीभित्र युवा पुस्ता (जेनजी) र आम नागरिकमा रहेको असन्तुष्टिलाई नेतृत्वले नजरअन्दाज गर्दा अहिलेको अवस्था आएको उनको भनाइ छ ।
Read full story at source (ratopati.com)