साउदी अरबको जाजान रिफाइनरीमा हुतीहरूको आक्रमण
clickmandu.com · Sun Aug 09 08:40:35 GMT 2026

एजेन्सी । यमनका इरान समर्थक हुतीहरूले आइतबार साउदी अरामकोको जाजान रिफाइनरीमा आक्रमण गरेको बताएका छन् । यो साउदी अरबले टर्की र पाकिस्तानसँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको दुई दिनपछि भएको हो ।
साउदी ऊर्जा मन्त्रालयले रिफाइनरीमा आगलागी भएको र पछि त्यसलाई निभाइएको बताएको छ यद्यपि आगलागीको कारणबारे भने केही खुलाइएको छैन । दक्षिण–पश्चिमी साउदी अरबमा दैनिक ४ लाख ब्यारल कच्चा तेल प्रशोधन गर्ने यस केन्द्रमा भएको घटनामा आगो निभाउन सम्बन्धित अधिकारीहरूले प्रक्रियाहरू पूरा गरिरहेको मन्त्रालयले जनाएको छ । घटनामा कोही पनि घाइते नभएको मन्त्रालयले थप्यो ।
Read full story at source (clickmandu.com)