सरकारका गलत कामबारे रास्वपा सांसदले आवाज उठाउनु सकारात्मक छ : गगन थापा
ratopati.com · Sun Aug 09 08:53:08 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमा सरकारका गलत कामबारे प्रश्न उठाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो धारणा राखेका हुन् ।
बैठकमा थापाले आफ्नै पार्टी सरकारमा सहभागी भए पनि सरकारले गरेका नराम्रा कामको विरोध गर्नु संसदीय लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । ‘रास्वपाका सांसदहरूले संसदमा सरकारले गरेका नराम्रा कामबारे बोल्नु ठिक हो,’ थापाले भने, ‘आफ्नो पार्टी सरकारमा छ भन्दैमा मौन बस्नुपर्छ भन्ने हुँदैन। हामी पनि कांग्रेस सरकारमा रहेका बेला गलत निर्णय र कामको विरुद्धमा बोल्ने गर्थ्यौँ।’
Read full story at source (ratopati.com)