हुलाकबाट एक करोड राजस्व सङ्कलन
rajdhanidaily.com · Sun Aug 09 08:54:28 GMT 2026

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु एक करोड नौ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो ।
कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट रु ५८ लाख ७२ हजार तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट रु ५० लाख ४४ हजार सङ्कलन भएको हो । गत आवमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विनियोजित कुल रु छ करोड ३३ लाख ६१ हजार वार्षिक बजेटमध्ये रु पाँच करोड ७७ लाख ३२ हजार खर्च भएको कार्यालय प्रमुख बस्यालले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)