कर तिर्ने उद्यमीलाई सम्मान गर्ने वातावरण बनाउनुपर्छ - लामिछाने
arthasansar.com · Sun Aug 09 09:20:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यले सबैभन्दा धेरै कर तिर्ने करदातालाई सधैँ सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली युवा उद्यमी मञ्चको २२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा बोल्दै उनले देशको अर्थतन्त्रमा व्यवसायीहरूको ठूलो योगदान रहेकाले उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताए।
यस्तै, सरकारले चार महिनामा सोचेअनुसार काम गर्न नसकेको भन्ने आलोचनाबारे टिप्पणी गर्दै लामिछानेले सरकार निरन्तर काममा लागिपरेको स्पष्ट पारे। उनले सरकार राम्रो नतिजा ल्याउनेतर्फ केन्द्रित रहेको र त्यसको सकारात्मक परिणाम चाँडै देखिने दाबीसमेत गरे।
Read full story at source (arthasansar.com)