राखेप बोर्ड बैठक आह्वान, के–के छन् मुख्य एजेन्डा ?
ratopati.com · Sun Aug 09 09:34:44 GMT 2026
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बिहीबारका लागि आह्वान भएको छ । राखेपका सदस्यसचिव रामचरित्र मेहताले शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेसन हलमा बस्ने गरी १२५औँ बोर्ड बैठक बोलाएका हुन् ।
बैठकमा आसन्न २०औँ एसियाली खेलकुदमा नेपालको सहभागिता, लामो समयदेखि अन्योलमा रहेको १०औँ राष्ट्रिय खेलकुद, कर्मचारी नियुक्ति तथा अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको अन्तर्राष्ट्रिय निलम्बनलगायतका विषयमा छलफल हुने बताइएको छ । राखेपका अध्यक्ष एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बस्ने बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरिएका छन् । जुन एजेण्डा राखेपले बोर्ड सदस्यलाई पठाइसकेको छ ।
Read full story at source (ratopati.com)