७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नीति सुधार र लगानी बढाउन आवश्यक छ - उपाध्यक्ष भट्ट
arthasansar.com · Sun Aug 09 09:34:47 GMT 2026

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टले विगतमा पनि नीतिगत सुधारसँगै लगानी विस्तार हुँदा नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको अनुभव सुनाउँदै अहिले सरकारले लिएको आर्थिक वृद्धि हासिल गर्नका लागि त्यस्तै काम गर्नु पर्ने बताएका हुन् ।
नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै उनले नीतिगत हस्तक्षेप र लगानी विस्तार बिना आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्न नसकिने बताए । उनका अनुसार २०४१÷४२ सालमा सुरु भएको उदारीकरण तथा २०४८÷४९ सालमा गरिएका नीतिगत सुधारले नेपालको आर्थिक वृद्धिको आधार विस्तार गरेको थियो। त्यसैगरी, २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका लागि लगानी बढ्दा लगातार तीन वर्ष करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको उनले बताए ।
Read full story at source (arthasansar.com)