लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी
ratopati.com · Sun Aug 09 10:00:49 GMT 2026

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा भएको छ । भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ ।
सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको अस्पताल भवन केही साताअघि सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७७/७८ मा काम सुरु भएको भवन रु छ करोड १८ लाख ७९ हजार ४८१ को लागतमा निर्माण गरिएको हो ।
Read full story at source (ratopati.com)