सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता
ratopati.com · Mon Aug 31 16:48:11 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबिच चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ ।
धनगढीमा सोमबार आयोजित एक कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा र विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीको उपस्थितिमा सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गरिनेछ ।
Read full story at source (ratopati.com)