एक लाख रुपैयाँको पुरस्कारसहित चौथो ‘युवा सर्ट फिल्म फेस्टिभल’ आह्वान
nepalnews.com · Sun Aug 09 10:34:41 GMT 2026

काठमाडौँ। २० वर्षमुनिका प्रतिभाहरू लक्षित चौथो ‘युवा सर्ट फिल्म फेस्टिभल’ आह्वान गरिएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा प्रतियोगिता आह्वान भएको हो।
प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले पचास हजार र तेस्रोले पच्चीस हजार पुरस्कार प्राप्त गर्नेछन्। सान्त्वना पुरस्कारसमेत रहेको प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज अध्ययन गर्ने चाहे कलेजले पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनेसमेत कलेजद्वारा जारी विज्ञप्तिमा जानकारी गराइएको छ।
Read full story at source (nepalnews.com)