प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
ajakoartha.com · Sun Aug 09 10:35:00 GMT 2026

काठमाडौं- चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थीहरू इन्जिनियरिङको प्रमाणपत्रसँगै अनुसन्धान, प्रविधि र समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रामा निस्किएका छन् । कलेजले आयोजना गरेको विदाइ तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा विभिन्न इन्जिनियरिङ विधाका विद्यार्थीलाई विदाइ गर्दै उनीहरूले हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरिएको छ ।
कलेजले २०२० ब्याचका ब्याचलर अफ सिभिल इन्जिनियरिङ (डिप्लोमा होल्डर) तथा २०२१ ब्याचका सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका विद्यार्थीलाई विदाइ गरेको हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै विषयगत दक्षता, अनुसन्धान तथा परियोजनामा गरेको कामलाई समेत सम्मानको आधार बनाएको थियो ।
Read full story at source (ajakoartha.com)