उच्च आर्थिक वृद्धिको लागि नीतिगत हस्तक्षेप आवश्यक : उपाध्यक्ष डा. भट्ट
baahrakhari.com · Sun Aug 09 10:36:33 GMT 2026

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धिदर भएको बताएका हुन् ।
नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिब चार प्रतिशत रहेको उल्लेख उनले उल्लेख गरे । नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा सात प्रतिशतसम्म आर्थिक वृद्धि हासिल भएको उनको भनाइ छ ।
Read full story at source (baahrakhari.com)