एलपी ग्यासको अभाव हो कि हल्लाको असर ? उद्योग संघले खोल्यो वास्तविकता
kalakarmi.com · Sun Aug 09 10:41:34 GMT 2026

काठमाडौं- नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकता भन्दा बढी एलपी ग्यास खरिद नगर्न आग्रह गरेको छ । ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूले अतिरिक्त सिलिन्डर खरिद गरेर घरमा सञ्चय गर्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको संघको भनाइ छ ।
संघका अध्यक्ष दिवान बहादुर चन्दले विज्ञप्ति जारी गर्दै ग्यासको आपूर्ति सहज रहेकाले अनावश्यक रूपमा सिलिन्डर जगेडा नराख्न उपभोक्ताहरूलाई आग्रह गरेका हुन् । संघका अनुसार पछिल्लो समय ग्यास अभाव हुने हल्ला वा आशंकाका कारण कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गरेर राख्न थालेका छन् ।
Read full story at source (kalakarmi.com)