सडकदेखि सदनसम्म तातेको विषय– के हो ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण विवाद ?
lokaantar.com

धनुषाको मिथिला नगरपालिकाअन्तर्गत ढल्केवरमा विगत केही दिनदेखि आमनागरिक र जनप्रतिनिधिहरू शान्तिपूर्ण विरोध र्याली र प्रदर्शनमा उत्रिएका छन् । 'ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समिति'द्वारा त्यहाँ दिनहुँ विरोध प्रदर्शन भैरहेको हो ।
मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित संघर्ष समितिले वर्षौंदेखि ढल्केवरमा स्थापना गर्ने भनिएको राष्ट्रियस्तरको क्रिटिकल केयर तथा ट्रमा सेन्टरलाई अचानक अन्यत्र स्थानान्तरण गर्न खोजिएको भन्दै विरोध प्रदर्शन गरिरहेको हो ।
Read full story at source (lokaantar.com)