राजस्व सुरक्षा र व्यापार सहजीकरणमा भन्सार एजेन्ट महासंघको प्रतिबद्धता
rajdhanidaily.com · Sun Aug 09 11:11:44 GMT 2026

काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालले कानूनबमोजिमको भन्सार जाँचपास प्रणाली कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको छ। भन्सार विभागले हालै जारी गरेको परिपत्रको स्वागत गर्दै महासंघले नियुक्तिपत्र प्राप्त इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिमार्फत मात्रै जाँचपास प्रक्रिया सञ्चालन हुनुपर्नेमा जोड दिएको छ।
महासंघले अनधिकृत व्यक्तिको संलग्नता, इजाजतपत्रको दुरुपयोग तथा गैरकानुनी अभ्यासको आफूले विरोध गर्ने स्पष्ट पारेको छ। विभागको निर्देशनले भन्सार जाँचपासमा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्न सहयोग पुग्ने महासंघको भनाइ छ।
Read full story at source (rajdhanidaily.com)