प्रेम र आत्मसम्मानको मीठो सङ्गम: ‘मुसाफिर क्याफे’
nagariknews.nagariknetwork.com · Sun Aug 09 10:42:53 GMT 2026

साहित्य र दृश्य माध्यमको सम्बन्ध सधैँ विशिष्ट र परिपूरक रहँदै आएको छ। लोकप्रिय लेखक दिव्य प्रकाश दुबेद्वारा लिखित चर्चित उपन्यास ‘मुसाफिर क्याफे’ लाई निर्देशक रुचिर अरुणले ओटीटी पर्दामा उतारेका छन्। सिरिज हेर्दा लाग्छ, उल्लेखित भनाइको उत्कृष्ट उदाहरण यही हो।
हाल सामाजिक सञ्जाल र दर्शकमाझ चौतर्फी चर्चा बटुलिरहेको यस वेब सिरिजले आधुनिक प्रेम, आत्मसम्मान, व्यक्तिगत महत्त्वाकांक्षा र समयको परिबन्धभित्र हराएका अधुरा सपनाहरूको यथार्थ ऐना प्रस्तुत गरेको छ। सामान्य कथावस्तुमा आधारित भएर पनि दर्शकको मनमा अमिट छाप छोड्न सफल यस सिरिजले परम्परागत प्रेमकथाभन्दा फरक, परिपक्व र विचारणीय स्वाद पस्केको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)