उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार सँगसँगै लैजानुपर्छ: उपाध्यक्ष डा. भट्ट
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिब ४ प्रतिशत रहे पनि विगतमा बलियो नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा ७ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल भएको उल्लेख गरे। विगतमा आर्थिक उदारीकरणका नीतिहरू तथा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका बेला लगानी बढेका कारण उच्च वृद्धिदर देखिएको स्मरण गराउँदै उनले अहिले पनि अर्थतन्त्रलाई गति दिन लगानी वृद्धि, नीतिगत सुधार (पोलिसी रिफर्म) र संरचनागत परिवर्तन आवश्यक रहेको बताए।
Read full story at source (hamrakura.com)