६ पटकसम्म मुद्दा चलेका ‘सिरियल’ ठगहरूको फन्दा : यसरी पारिन्थ्यो व्यवसायीलाई जालमा
ratopati.com · Sun Aug 09 11:39:51 GMT 2026

काठमाडौं । काठमाडौँमा रिकन्डिसन व्यवसाय गर्दै आएका एक व्यवसायीलाई अपरिचित युवकले फोन गरे । चारपांग्रे र दुईपांग्रे सवारीसाधनको रिकन्डीसन व्यवसाय गर्ने व्यवसायीलाई ती युवकले भने, ‘म तपाईंकैमा गाडी चलाएको पुरानो ड्राइभर हुँ, अहिले ट्रेकिङ व्यवसायमा छु ।’
ट्रेकिङमा जाँदा विदेशी नागरिकलाई सगरमाथा र अन्नपूर्णको बेसक्याम्पमा घुमाउँदा एउटा मौका आइपरेको उनले सुनाए । ‘विदेशबाट घुम्न आएका पर्यटक फर्किए उनले ४० हजार डलर बिर्सेर गएछन्, त्यो मसँग छ,’ फोन गर्नेले अझै थपे, ‘मलाई त्यो डलर कहाँ साट्ने थाहै छैन, तपाईंलाई देखाउँछु ओरिजिनल हो कि होइन चेक गर्नुस न ।’
Read full story at source (ratopati.com)